बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

जबर्जस्ती रुपमा ‘सर्वसम्मत’ नेतृत्व चयन 

बुधबार, फागुन १०, २०७९खेलपाटी संवाददाता
जबर्जस्ती रुपमा ‘सर्वसम्मत’ नेतृत्व चयन 
Classic Tech Internet Ad

काठमाडौं । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित भएको घोषणा गरिएको छ । विराटनगरमा फागुन ७ गते सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि दुई जनाको उम्मेदवारी परेको थियो । महासंघका संयोजक पर्शुराम बस्नेत र खेलकर्मी चेतनराज गिरीले नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका थिए । 

चुनाव गराउन विराटनगर पुगेका महासंघको अध्यक्ष मण्डलले पर्शुराम बस्नेतको नाम जबर्जस्ती ‘सर्वम्मत’ अध्यक्ष भएको घोषणा गरेको छ । दुई जनाको उम्मेदवारी रहदाँ सर्वसम्मत नेतृत्व कसरी हुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष मण्डलका नेता भानुभक्त ढकालले खेलपाटीलाई भने, ‘सम्मेलनले सर्वसम्मत पर्शुरामलाई छान्यो । मैले बुझ्ने कुरा त्यही हो ।’

अध्यक्षमा उम्मेदवारी दिएका चेतनराज गिरीले महासंघको नेतृत्वका लागि आफ्नो मनोनयन कायमै रहेको बताएका छन् । उनले यस विषयमा पार्टी नेतृत्वसँग संवाद गर्ने उल्लेख गरेका छन् । ‘अध्यक्षमा मनोनयन दर्ता गरियो । निर्वाचन प्रक्रियामै नगएर अध्यक्ष मण्डलबाट सिंगो कार्यसमिति चयन भएको घोषणा गरिएको छ । यस विषयले पार्टीमा प्रवेश पाउने आश गरेको छु ।’ उनले भनेका छन् ।

एमालेको जनसंगठन प्रमुख समेत रहेका भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलले महाधिवेशनको दौरान एक जना प्रतिनिधिको दुर्घटना भएको घटनालाई आधार बनाउँदै खेलकुद महासंघमा बस्नेतलाई सर्वसम्मत अध्यक्ष घोषणा गर्दै महाधिवेशनलाई स्थगित गरेको छ । एउटा दुर्घटनामा शोक बिज्ञप्ति निकाल्दै देशभरबाट गएको प्रतिनिधिलाई बाईपास गरेर १३ दिनसम्म महासंघका औपचारिक कार्यक्रम स्थगित गरिएको घोषणा गरिएको हो । 

‘दुर्घटनामा एक जना प्रतिनिधि गुमाउनुपरेपछि शपथ ग्रहणदेखिका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको छ । १३ दिनसम्म औपचारिक कार्यक्रम स्थगित हुन्छ । अन्य पदाधिकारी सहितको कार्यसमिति काठमाडौंमा टुङ्गो लगाईनेछ ।’ ढकालले भने ।

एमालेको खेलकुद महासंघमा नयाँ नेतृत्व चयन गर्न देशभरबाट प्रतिनिधि विराटनगर पुगेका थिए । तर अध्यक्ष मण्डलले एकलौटी रुपमा सर्वसम्मत नेतृत्व चयनको घोषणा गरेपछि निराश भएर प्रतिनिधि र पदाधिकारीका आकांक्षी घर फर्किएका छन् । अध्यक्ष मात्र नभएर उपाध्यक्ष, महासचिव, सचिवमा समेत धेरै उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । तर अध्यक्ष मण्डलले प्रतिनिधि दुर्घटनाको कारण देखाउँदै काठमाडौं गएर सर्वसम्मत पदाधिकारी चयन गर्ने भन्दै महाधिवेशन स्थगित गरेका छन् । 

‘अध्यक्षका दुई जना उम्मेदवार रहदा रहदै सर्वसम्मत भन्दै नेतृत्वको घोषणा गरियो । विधि र विधान नमान्ने नेता भएपछि यस्तै हुने रहेछ । हो–हल्लाका बीच अधिवेशन स्थगित भएको घोषणा भयो ।’ एक महाधिवेशन प्रतिनिधिले, ‘खेलकुद पार्टीका नेताले रत्यौती खेल्ने ठाउँ जस्तो भो ।’

पछिल्लो समय एमालेभित्रको आन्तरिक लोकतन्त्र मर्दै गएको भन्दै सार्वजनीक आलोचना हुन थालेको छ । एमालेको खेलकुद हाँक्ने भातृ संगठन खेलकुद महासंघको विराटनगर अधिवेशनमा नेतृत्वको नाम खल्तीबाट चयन भएपछि पार्टीभित्र पनि असन्तुष्टि देखिएको छ ।

Bajaj Pulsar Motorcycle Ad
#सर्वसम्मत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा