काठमाडौं । ११ औं राष्ट्रिय कायक स्लालम तथा ७ औं राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ ।
नेपाल र्याफ्टिङ क्यानोईङ संघले वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता फागुन ९ गते देखी ११ गते सम्म सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा हुनेछ ।
संघका महासचिव सुदिप राज गौतमका अनुसार ३ दिन सम्म संचालन हुने उक्त प्रतियोगीतामा विभागीय टिमहरु जनपद प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी का टिमका साथै देशका विभीन्न र्याफ्टिङ कम्पनीहरु तथा क्लबका खेलाडी गरि १५ टिम सहभागी हुने छन् ।
वर्ल्ड र्याफ्टिङ फेडेरेशन एशियाका अध्यक्षको उपस्थितिमा प्रतियोगिता हुनेछ ।
प्रतियोगिता अन्तर्गत कायक स्लालम व्यक्तीगत खेल हो भने र्याफ्टिङ खेल समूहगत खेल हो ।
र्याफ्टिङ खेलमा चार विधाका खेल खेलाईनृछ, जसमा स्प्रिन्ट, स्लालम, हेड टु हेड र डाउन रिभर रेसका चार इभेन्टहरु संचालन गरिनेछ । जसमा महिला÷पुरुष टिमबीच प्रतिस्पर्धा हुनेछ ।
सात खेलाडीको टिम रहने र्याफ्टिङ खेलमा विजयीलाई पदक प्रमाण पत्र तथा नगद उपहार प्रदान गरिनेछ ।
बाग्मती प्रदेश खेलकुद विकास परिषदको आर्थीक सहयोगमा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पीक कमीटी, माउन्टेन स्पोर्टस फेडेरेशन, हिमालयन रीभर गाईड एशोसियशन तथा नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सीजको सहयोग रहेको छ ।