मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
  4. /
  5. पुलिसका बिष्णु र प्रिन्स क्वाटरफाईनलमा

पुलिसका बिष्णु र प्रिन्स क्वाटरफाईनलमा

२०२३ फेब्रुअरी ९, बिहिबारखेलपाटी संवाददाता

पुलिसका बिष्णु र प्रिन्स क्वाटरफाईनलमा

काठमाडौं । नेपाल पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को पुरुष एकल र युगल दुवै तर्फ जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् ।

एकल तर्फ बिष्णुले त्रिभुवन आर्मीका नरेन्द्र बमलाई २१–१०, १५–२१, २५–२३ को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका हुन् । यस्तै प्रिन्सले आर्मीका हिमाल चन्दमाथि २१–१४, २१–७ को जित निकाल्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन् । यस्तै पुरुष युगल तर्फ पनि बिष्णु र प्रिन्सको जोडीले सुनसरीका अनन्त राज तामाङ र प्रविन तामाङको जोडीलाई २१–९, २१–१० ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका हुन् ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सेनाका प्रफुल महर्जन र रुकेशको जोडी पनि एकल र युगल दुवै तर्फ जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भए । एकल तर्फ प्रफुलले एपिएफका क्षितीज खनाललाई २१–१४, २१–७ ले र रुकेशले एपिएफकै रोशन साउदलाई २१–१८, २१–१० ले पराजित गरे । यसैगरि महर्जन जोडीले सुनसरीका मुनाहाङ्ग राई र सुनसरी ब्याडमिन्टन एकेडेमीका लाक्पा शेर्पाको जोडीलाई २१–१०, २१–१० को समान अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका हुन् ।

पुरुष एकल तर्फ क्वाटरफाईनल प्रवेश गर्ने क्रममा पुलिसका सुनिल जोशीले एपिएफका देवराज रानालाई २१–१२, २१–१२, पुलिसकै जीवन आचार्यले आर्मीका कविर के.सी.लाई २१–११, ९–२१, २१–१९, एपिएफका अमन महर्जनले पुलिसका दीपक बोहरालाई १६–२१, २१–७, २१–१५, आर्मीका पविन लिनथेपले एपिएफका विजीत थापा मगरलाई २१–१२, २१–१२ को समान अन्तरले पराजित गरे ।

पुरुष युगल तर्फ एपिएफका क्षितीज खनाल र प्रनिश सिंह ठकुरीको जोडीले ईटहरी ब्याडमिन्टन क्लबका पूर्ण बुढा र सविन खनाको जोडीलाई २१–१०, २१–१४, पुलिसका दीपक बोहरा र सुनिल जोशीको जोडीले बेलटार ब्याडमिन्टन एकेडेमीका विनय चौधरी र केनिश मगरको जोडीलाई २१–१५, २१–१४, एपिएफका अमन महर्जन र रोशन साउदको जोडीले सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रदीप श्रेष्ठ र पवन राना मगरको जोडीलाई २१–१९, १८–२१, २१–१२, एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडीले संखुवासभाका निशान्त कटुवाल र पवन राना मगरको जोडीलाई २१–११, २१–१८, पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जाडीले ते¥हथुमका महेश आचार्य र गोपाल लिम्बुको जोडीलाई २१–१३, २१–१०, आर्मीका हिमाल चन्द र कविर के.सी.को जोडीले सुनसरीका अनन्त राज तामाङ र प्रविन तामाङको जोडीलाई २१–९, २१–१० ले पराजित गर्दै क्वाटरफाईनमा स्थान पक्का गरे ।

महिला एकल तर्फको खेलमा राष्ट्रिय च्याम्पियन रशिला महर्जन क्वाटरफाईनल प्रवेश गरेकी छिन् । सेनाकी रशिलाले ताप्लेजुङ्गकी भवानी देवी फेदेमलाई २१–२, २१–५ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकी हुन् । यस्तै पुलिसकी निता लम्सालले क्वाटरफाईनल प्रवेश गर्ने क्रममा धनकुटाकी अरुण तामाङ्गलाई २१–१४, २१–१२ ले पराजित गरिन् । एपिएफकी जेशिका गुरुङ्ग कन्चनपुरकी निलिमा महरालाई २१–९, २१–७, आर्मीकी प्राथना देउवा झापाकी अन्जना राईलाई २१–७, २१–९, एपिएफकी सुनयना मुखिया आर्मीकी बिष्णा बिष्टलाई २१–८, २१–१४, कस्तुरी कलेजकी सिमा राजवंशी आर्मीकी अनुमाया राईलाई २१–१३, २१–१५, एपिएफकी शोभा गौचन कैलालीकी एलिना सुनारलाई २१–१९, २१–१३ र आर्मीकी अमिता गिरी सर्लाहीकी निकिता लामालाई २१–११, २१–१७ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।

इटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतिस्पर्धाको छात्र एकल तर्फको खेलमा यु –११ तर्फ नेपाल पुलिस स्कुल काभ्रेका नवदीप राई, आर्मीका दीप थिङ्ग, खोटाङ्गका संयोग धमला, सप्तरीका अभिनाष शाह, भोजपुरका तयाबुङ्ग राई, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की र सप्तरीका संगम राउतले पनि अन्तिम ८ मा स्थान बनाए । यस्तै छात्रा तर्फ सुनसरीका आयुषा निरौला र रिश्ता रावल, भोजपुरकी नदिरा तामाङ्गले पनि जित निकाल्दै क्वाटरफाईनलमा स्थान पक्का गरे ।

छात्र यु –१३ तर्फ आर्मीका सुदेश राजकोटी, काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ, एपिएफका आरुष सिमखडा पनि जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरे । यसैगरि कैलालीका आदित्य चौधरी, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की, आर्मीका रिजन मगर र दीप थिङ्ग, तनहुका सफल भुजेल पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।

छात्रा तर्फ भोजपुरकी उपमा खड्का, सेनाकी समृद्धि श्रेष्ठ, बेलटार ब्याडमिन्टन एकेडेमीकी दिभ्या राई, सेनाकी अजरेन्का शेरचन, कास्कीकी निभा राई, बेलटार ब्याडमिन्टन एकेडेमीकी निताशा राईका मगर र सेनाकी टिशा रानी शाक्यले पनि क्वाटरफाईनलमा स्थान पक्का गरे ।

पुलिसका बिष्णु र प्रिन्स क्वाटरफाईनलमा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित