काठमाडौं । प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय र्याङकीङ्ग खुल्ला ब्याडमिन्टनको तयारी पुरा भएको छ ।
सुनसरी जिल्ला ब्याडमिन्टन संघद्धारा आयोजित बुधबारबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको सम्पुर्ण खेल सुनसरी ब्याडमिन्टन एकेडेमी, इटहरीमा हुनेछ ।
शनिबारसम्म चल्ने प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, वुमन्स सिंगल, वुमन्स डबल, मिक्स डबल, यू–१५ ब्वाइज, यू–१५ गल्स, यू–१३ ब्वाइज, यू–१३ गल्स, यू–११ गल्स, यू–११ ब्वाइज, भेट्रान डबल्स, सपुर भेट्रान गरि १३ विधा समावेश गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ३६ हजार रुपैयाँको रहेको छ ।
प्रतियोगितालाई योनेक्सले किट पार्टनरको रुपमा सहयोग गरेको छ । योनेक्सका प्रबन्ध निर्देशक राजु बास्कोटाले मंगलबार प्रतियोगितालाई आवश्यक पर्ने खेल सामाग्री आयोजकको तर्फबाट विकास खेतानलाई हस्तान्तरण गरेका छन् ।
यस प्रतियोगितालाई प्रदेश खेलकुद विकास बोर्ड, इटहरी उपमहानगरपालिकाको समेत सहयोग रहेको छ । प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ प्राविधिक सहयोगीको रुपमा जोडिएको छ ।