सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. A Division League
Loading ad...
Bhat Bhateni Supermarket Ad

'ए' डिभिजन लिगको सातौ चरणमा कसको प्रतिद्वन्दी को ?

शुक्रबार, २१ मंसिर २०७५खेलपाटी संवाददाता
'ए' डिभिजन लिगको सातौ चरणमा कसको प्रतिद्वन्दी को ?
Loading ad...
mustang rice ad

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार (भोली)बाट सातौ चरणका खेल सुरु हुदैछ । पहिलो दिन एपीएफको हलचोक मैदानमा दुई खेल हुनेछ । नेपाल पुलिस क्लबले हिमालयन शेर्पा तथा एनआरटीले संकटा क्लबलाई चुनौती दिने प्रयास गर्नेछ ।

प्रतियोगितामा औसत नतिजा निकालेका दुवै टोलीलाई अंक तालिकामा एक अर्कालाई उछिन्ने अवसर प्राप्त छ । दुवै टोलीले ६ खेलबाट समान १० अंक जोडेका छन् । गोल अन्तरका आधारमा पुलिस पाँचौ स्थान र हिमालयन छैटौ स्थानमा छ ।

यता, लिगको उपाधि दौडमा देखिएको संकटालाई तालिकामा अझ मजबुद बन्ने अवसर सातौ चरणको खेलमा प्राप्त छ । कारण, उसले तालिकाको पुछारमा रहेको टोली एनआरटीलाई प्रतिद्वन्दीको रुपमा पाएको छ । एनआरटीले प्रतियोगितामा जित दर्ता गर्न सकेको छैन ।
संकटा १५ अंक सहित तालिकाको तेस्रो स्थान र एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ ।

सातौ चरणको दोस्रो दिन आईतबार तीन खेल हुनेछ । एन्फा टेक्निकल सेन्टरमा एपीएफले सरस्वती युथ क्लब तथा थ्री स्टारले जावलाखेल युथ क्लबसंग प्रतिस्पर्धा गर्नेछ । हलचोक मैदानमा च्यासल र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् ।

पहिलो खेलमा भिड्ने एपीएफ र सरस्वतीको लक्ष्य भनेको अंक तालिकामा सुधार गर्नु हुनेछ । क्षमता अनुसारको प्रर्दशन गर्न नसकेको एपीएफको स्कोरिङमा समस्या देखिएको छ । त्यसबाट स्वयम प्रशिक्षक राजेन्द्र तामाङ समेत निराश छन् । सातौ चरणमा गोलको समस्यालाई समाधान गर्नुपर्ने चुनौती एपीएफसंग छ ।

विदेशी खेलाडीको भरमा घरेलु लिगमा औसत प्रर्दशन गर्दै आएको सरस्वती विभागीय टिमको चुनौती पार गर्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । एपीएफ ७ अंक सहित आठौ स्थानमा रहदाँ सरस्वती ६ अंक सहित नवौ स्थानमा छ ।

सोही दिन हलचोक मैदानमा च्यासल र फ्रेन्ड्सले प्रतिस्पर्धा गर्नेछन् । स्टार खेलाडी अनुबन्धन गरेर नतिजा निकाल्न नसकेको च्यासल टोली दबाबमा छ । प्रशिक्षक राजुकाजी शाक्यले आफ्नो उपाधि होडको सम्भावना सकिएको घोषणा गरिसकेका छन् । चालु लिगमा लयमा देखिन संघर्षरत फ्रेन्ड्सलाई समेत अंक तालिकामा सुधार गर्न च्यासलविरुद्वको खेल महत्वपुर्ण छ ।

च्यासल ७ अंक सहित सातौ र फ्रेन्ड्स ५ अंक सहित दशौ स्थानमा छ ।

सातौ चरणको अन्तिम दिन त्रिभुवन आर्मीले ब्रिगेड ब्वाईज तथा मनाङले मछिन्द्र क्लबसंग खेल्नेछ । दुवै खेल एन्फा टेक्निल सेन्टरमा हुनेछ ।
उपाधि होडमा रहेका मनाङ र आर्मीलाई सातौ चरणको खेल महत्वपुर्ण छ । मुख्य स्ट्राईकर तथा कप्तान भरत खवास निलम्बनमा हुदाँ आर्मीले छैटौ चरणको खेलमा बराबरी खेलेको थियो । प्रतियोगिताका सबै खेल जित्ने एक्लो टोली मनाङलाई समेत कमजोर देखिएको मछिन्द्रलाई हराउँदै उपाधि होडमा अझ बलियो बन्ने अवसर छ । कारण, मछिन्द्रले जारी लिगमा एक जित समेत निकाल्न सकेको छैन ।

मनाङ सत प्रतिशत जित सहति १८ अंक जोडेर शीर्ष स्थानमा र मछिन्द्र ३ बराबरी सहित १३ औ स्थानमा छ । आर्मी १४ अंक सहित चौथो स्थानमा रहदाँ ब्रिगेड ब्वाईज ४ अंक सहित १२ औ स्थानमा छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन शेर्पाविरुद्ध मनाङको इतिहास बलियो

हिमालयन शेर्पाविरुद्ध मनाङको इतिहास बलियो

'ए' डिभिजन लिग : आज दुई खेल

'ए' डिभिजन लिग : आज दुई खेल

संकटाविरुद्ध फ्रेन्ड्सलाई अग्रता

संकटाविरुद्ध फ्रेन्ड्सलाई अग्रता

Loading ad...
xTreme Energy Drink
नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी