मित्र राष्ट चीनको हेनान राष्ट्रको लिनझाउमा भएको २०१८ चाईना लिनझाउ प्याराग्लाईडिङ्ग प्रि बिश्व कपमा नेपाललाई कास्य पदक प्राप्त भएको नेपाल प्याराग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले बताएका छन् ।
यहि मे २६ देखि ३१ तारिख सम्म भएको प्रतियोगिताको आज भएको फाईनलमा व्यक्तिगत क्रसकन्ट्री तर्फ नेपालका बिशाल थापाले उच्च प्रदर्शनका साथ नेपालका लागि कास्य पदक दिलाएका थिए । प्रतियोगितामा आयोजक चीन प्रथम र रशिया दोश्रो भएको थियो ।
एशियाली खेलमा पनि समावेश भएको प्याराग्लाईडिङ्ग खेलबाट नेपालले पदक आशा गरिरहेकोमा यो नेपालीहरुको लागि निकैनै खुशीको कुरा भएको र यसले थप हौशला प्रदान गरको बिशाल मथापाले बताए ।
प्रतियोगितामा बिश्वका १९ राष्टको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालबाट ७ खेलाडीहरुको सहभागिता रहेको थियो ।