भोजपुरमा सेपाकताक्रो संघ गठन
२०२३ जनवरी ८, आइतबारखेलपाटी संवाददाता

इलाम । सेपाक ताक्रो संघ भोजपुरको अध्यक्षमा विनोद राई चयन भएका छन् ।
आइतबार राईको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा ज्योती पौडेल, सचिव प्रताप तामाङ र कोषाध्यक्षमा सर्मिला राई रहेका छन् ।
सदस्यहरुमा नरेश राई, नरेन्द्र तामाङ र गौरीमाया राई रहेका छन् ।
कार्यक्रममा प्रदेश प्रतिनिधि एवम संखुवासभा सेपाक ताक्रो संघ अध्यक्ष रोषण थापा मगर, खेलकुद बिकास समिती भोजपुर कार्यालय प्रमुख ग्याल्जेन शेर्पा, संखुवासभा खेलकुद कार्यालय प्रमुख पुर्ण कुमार गौली, खेलका राष्टृय प्रशिक्षक खेवाहाङ राई लगायतको उपस्थिती रहेको थियो ।
भोजपुरमा सेपाकताक्रो संघ गठन