काठमाडौं । बंलादेशको ढाकामा आयोजित बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाक ताक्रो च्याम्पियनसिपमा नेपालको टिमले रजत पदक जितेको छ ।
रेगु र क्वाड इभेन्टमा सहभागी महिला टिमले रजत पदक प्राप्त गरेको हो । क्वाड इभेन्टमा श्रीलङ्का, बंगलादेश र पाकिस्तानलाई सोझो सेटमा हराएपनि भारतसंग २–१ ले पराजित भएपछि नेपालले रजत पदक प्राप्त गरेको हो ।
रेगु इभेन्टमा श्रीलङ्का, बंगलादेश र पाकिस्तानलाई सोझो सेटमा हराएको नेपाली टोली उपाधि होडमा भारतसंग पराजित बनेको थियो । बुधबार र बिहिबार महिलाको दुबै इभेन्टको खेल सम्पन्न भएको हो ।
महिला तर्फ नेपालको प्रतिनिधित्व गर्दै सुमित्रा डंगोल, चन्द्रा चौधरी, निरु थापामगर, रुथ कुमारी श्रेष्ठ, कमला दर्जी र भबिसरा ढकाल टिममा छन । पुरुषतर्फको रेगु टिम इभेन्ट र क्वाड इभेन्ट सकिएको छ । नेपाल रेगु टिम इभेन्ट र क्वाडमा दोस्रो बनेको छ ।
पाकिस्तान, बंलादेश र श्रीलंकालाई हराएको नेपाललाई भारतले हराउँदै स्वर्ण जितेको छ । रेगु तर्फ शुक्रबार नेपालले श्रीलंकाको सामन गर्दैछ । प्रतियोगिताको समापन शुक्रबार हुने जनाइएको छ ।