काठमाडौं । नवलपरासीमा जिल्ला स्तरीय रामग्राम मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।
रामग्राम ब्याडमिन्टन क्लबको आयोजनामा हुने प्रतियोगिता पुस १५ र १६ गते आयोजना हुनेछ ।
परासीस्थित रामग्राम नगरपालिकाको सहयोगमा आयोजना हुने प्रतियोगितामा मेन्स डबल्स, भेट्रान डबल्स, जुनियर यू-१९ ब्वाइज र गर्ल्समा प्रतिस्पर्धा हुनेछ ।
रामग्राम ब्याडमिन्टन कभर्डहलमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा बसोबास एबं कार्यरत हुनु पर्नेछ ।
मेन्स डबल्स र भेट्रान डबल्सको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ४ हजार पाउने छन् ।
यू-१९ ब्वाइज र गर्ल्सको विजेताले ३ हजार, दोस्रोले २ हजार र तेस्रोले १ हजार पाउने छन् ।