काठमाडौं । कतार विश्वकपको राउण्ड अफ १६ अन्तर्गत आज सोमबार जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
अल जानुब स्टेडियममा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । जापान र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
साबिक उपविजेता क्रोएसिया जापानलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेको छ ।
क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ ।
यता, जापान पनि क्रोएसियालाई हराएर क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेको छ ।
जापान पहिलो पटक क्वाटरफाइनलमा पुग्न चाहन्छ । जापान तेस्रो पटक नकआउट चरणमा प्रवेश गरेपनि क्वाटरफाइनलमा पुग्न सकेको छैन ।
हेड टु हेड -
जापान र क्रोएसियाबीच हालसम्म तीन खेलमा प्रतिस्पर्धा भएको छ । जसमा जापान र क्रोएसियाले १/१ खेल जितेको छ । दुई टोलीबीचको एक खेल बराबरीमा सकिएको छ ।
सम्भावित सुरुआती-११
जापान - शुइची गोन्डा, ताकेहिरो तोमियास, माया योशिदा, शोगो थानिगुची, युटो नागातोमो, जुन्या इटो, वाटरु इन्डो, हिडेसामा मोरिटा, ताकेफुसा कुबो, दाइची कामदा, ताकुमा असानो
क्रोएसिया - डोमिनिक लिभाकोभिच, जोसिप जुरानोभिच, डेजेन लोभ्रेन, जोस्को, ब्रोनो सोसा, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच, माटियो कोभासिच, आन्द्रेज क्रमारीच,इभान पेरिसिच, मार्को लिभाजा
प्लेयर्स टु वाच -
यस खेलमा जापानका ताकेफुसा कुबो र क्रोएसियाका लुका मोड्रिच प्लेयर्स टु वाचमा रहने छन् ।