काठमाडौं । ब्राजिलका फरवार्ड नेयमारले कतार विश्वकप अन्तर्गत दक्षिण कोरियाविरुद्ध खेल्ने भएका छन् ।
विश्वकपको राउण्ड अफ १६ अन्तर्गत ब्राजिलले सोमबार दक्षिण कोरियाविरुद्ध खेल्नेछ ।
ब्राजिलका मुख्य प्रशिक्षक टिटेले दक्षिण कोरियाविरुद्ध नेयमार उपलब्ध हुने पुष्टि गरेका छन् ।
'नेयमारले आज ट्रेनिङ गरेका छन् । यदि उनले राम्रो ट्रेनिङ गर्छ भने उनले खेल्नेछ,' टिटेले भनेका छन् ।
एन्कल चोटका करण नेयमारले समूह चरणका दुई खेल गुमाउने भएका थिए ।
नेयमारले सर्बियाविरुद्धको खेलमा चोट बोकेका थिए । जुन खेलमा ब्राजिलले २-० को जित निकालेको थियो ।
३० वर्षीय नेयमार खेलको ८० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।