काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा अहिले फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ४४ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै फ्रान्सलाई १-० गोलको अग्रता दिलाएका हुन् ।
उनले केलियन एमबाप्पेको पासमा सहज गोल गरे ।
यस गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
जेरुडको यो फ्रान्सका लागि ५२ औं गोल हो ।
जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान तोडेका हुन् ।