काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत आज आइतबार फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
साविक विजेताले फ्रान्सले अल थुमामा स्टेडियममा पोल्याण्डको सामना गर्नेछ । फ्रान्स र पोल्याण्डबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
फ्रान्स आज पोल्याण्डलाई हराउँदै उपाधि रक्षाको यात्रालाई कायम राख्न चाहन्छ । पोल्याण्ड पनि फ्रान्सलाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।
समूह 'डी' बाट फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । पोल्याण्ड समूह 'सी' को उपविजेता बनेको थियो ।
हेड टु हेड -
फ्रान्स र पोल्याण्डबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा फ्रान्सले ८ खेल जितेको छ । पोल्याण्डले ३ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।
सम्भावित सुरुआती-११
फ्रान्स - हुगो लोरिस, जुलेस कुन्डे, डायोट उपामेकानो, राफायल भरान, थियो हर्नान्डेज, अरेलिन तुचामेनी, एड्रिन राबिअट, एन्टोनियो ग्रीजम्यान, ओसुमाने डेम्बेले, ओलिभर जेरुड, केलियन एमबाप्पे
पोल्याण्ड - वोजसिएच स्जेस्नी, जान बेड्नारेक, कामिल जिल्क, जान बेड्नारेक ,जाकुब किविओर, रोबर्ट गुम्नी, सिमोन जुर्कोस्की, म्याटी क्यास, सेबास्टियन सिमान्स्की, प्रजेमिस्लाव फ्रान्कोव्स्की, रोबर्ट लेवान्डोस्की, एर्काडिअस मिलिक
प्लेयर्स टु वाच -
यस खेलमा फ्रान्सका केलियन एमबाप्पे र पोल्याण्डका रोबर्ट लेवान्डोस्की प्लेयर्स टु वाचमा रहेका छन् ।