काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
अहमेद बिन अलि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ३५ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।
विश्वकपको नकआउट चरणमा मेस्सीको यो पहिलो गोल हो ।
यस्तै मेस्सीको यस खेल करियरको १००० औं खेल हो ।
आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।