काठमाडौं । कतार विश्वकपको नकआउट चरण अन्तर्गत आज शनिबार अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।
उपाधि दाबेदार अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल अहमद बिन अलि स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
अर्जेन्टिना समूह 'सी' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह 'डी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
अर्जेन्टिना एसियाली प्रतिद्वन्दीलाई हराएर अन्तिम आठमा पुग्ने योजनामा रहेको छ । अष्ट्रेलिया पनि अर्जेन्टिनालाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।
हेड टु हेड -
अर्जेन्टिना र अष्ट्रेलियाबीच हालसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा ५ खेल अर्जेन्टिनाले जितेको छ । एक खेल अष्ट्रेलियाले जित्दा १ खेल बराबरीमा सकिएको छ ।
सम्भावित सुरुआती-११
अर्जेन्टिना - एमिलियानो मार्टिनेज, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, मार्कोस अकुना, रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, एन्जल डि मारिया वा अलेजान्ड्रो गोमेज, जुलियन अल्भारेज, लियोनेल मेस्सी
अष्ट्रेलिया - म्याथ्यू रायन, मिलोस डेगेनेक, ह्यारी साउटर, काई राउल्स, अजिज बेहिच, म्याथ्यू लेकी, ज्याक्सन इरविन, आरोन मूय, क्रेग गुडविन, मिचेल ड्यूक, रिले म्याकग्री
प्लेयर्स टु वाच -
यस खेलमा अर्जेन्टिनाका लियोनल मेस्सी र अष्ट्रेलियाका ह्यारी साउटर प्लेयर्स टु वाचमा रहने छन् ।