काठमाडौं । कतार विश्वकप फुटबलमा आजबाट नकआउट चरणका खेलहरु हुँदैछ ।
कतार विश्वकप अन्तर्गत राउण्ड अफ १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका प्रतिस्पर्धा गर्ने छन् ।
नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुनेछ । खेल राति ८:४५ बजे सुरु हुनेछ ।
डच टोली अमेरिकालाई हराउँदै अन्तिम आठमा पुग्न चाहन्छ । नकआउट चरणमा नेदरल्यान्ड्सको इतिहास राम्रो रहेको छ ।
नेदरल्यान्ड्सले राउण्ड अफ १६ को पछिल्लो ५ खेलमा ४ जित निकालेको इतिहास छ । अमेरिकाविरुद्ध नेदरल्यान्ड्स उक्त इतिहासलाई कायम राख्न चाहन्छ ।
यता, अमेरिका नेदरल्यान्ड्सलाई हराएर इतिहास बनाउन चाहन्छ । युरोपियन प्रतिद्वन्दीविरुद्ध अमेरिकाले विश्वकपमा अहिलेसम्म जित निकाल्न सकेको छैन ।
यस्तै अमेरिकाले विश्वकपको राउण्ड अफ १६ मा अहिलेसम्म जित निकाल्न सकेको छैन ।
हेड टु हेड -
नेदरल्यान्ड्स र अमेरिकाबीच अहिलेसम्म पाँच खेल भएको छ । जसमा चार खेल नेदरल्यान्ड्सले जितेको छ । एक खेलमा अमेरिका विजयी भएको छ ।
सम्भावित सुरुआती-११
नेदरल्यान्ड्स - एन्ड्रिस नोपर्ट, जुरियन टिम्बर, भिर्गिल भान डाइक, नाथन एके, डेनजेल डम्फ्रिज, मार्टेन डे रुन, फ्रेन्की डे योङ, डेली ब्लाइन्ड, डेभी क्लासेन, मेम्फिस डिपे, कोडी गाक्पो
अमेरिका - म्याट टर्नर, सर्जिनो डेस्ट, क्यामरून कार्टर-विकर्स, टिम रेम, एन्टोनी रोबिन्सन, टायलर एडम्स, युनुस मुसाह, वेस्टन म्याकेनी, क्रिश्चियन पुलिसिच, जोश सार्जेन्ट, तिमोथी वेह
प्लेयर्स टु वाच -
यस खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पो र अमेरिकाका वेस्टन म्याकेनी प्लेयर्स टु वाचमा रहने छन् ।