काठमाडौं । केलियन एमबाप्पे चम्किएको खेलमा फ्रान्सले डेनमार्कलाई हराएको छ । शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो ।
लगातार दुई गोलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको छ ।
फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे । खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
खेलको ६१ औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए । त्यसको पाँच मिनेटमा डेनमार्कका क्रिस्टेन्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बराबरीतर्फ उन्मुख खेल सकिन चार मिनेट अघि एन्टोनी ग्रिजम्यानको पासमा एमबाप्पले विजयी गोल गरे ।
समूह डीको खेलमा शीर्ष स्थानको फ्रान्सले ६ अंक जोडेको छ । अष्ट्रेलिया तीन अंक जोडेर दोस्रो स्थानमा छ । डेनमार्क र ट्युनेसिया समान एक अंक सहित क्रमश तेस्रो र चौथो स्थानमा छन् ।