काठमाडौं । कतारमा जारी रहेको फिफा विश्वकपमा साबिकको बिजेता फ्रान्स र डेनमार्कले पहिलो हाफमा बराबरी खेलेका छन् ।
दुवै टोलीबाट अवसरको सिर्जना भए पनि सो अवसरलाई गोलमा परिणत गर्न चुक्दा पहिलो हाफ बराबरीमा सकिएको हो ।
पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोल अन्तरले हराएको थियो ।
यता, डेनमार्क पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा डेनमार्कले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो ।
यस समूहमा फ्रान्स ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
डेनमार्क १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
फ्रान्स र डेनमार्कबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ ।
जसमा फ्रान्सले ८ खेल जित्दा डेनमार्कले ६ खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको छ ।