काठमाडौं । पोल्याण्डले कतारमा जारी फिफा विश्वकपमा पहिलो जित हात पारेको छ । पोल्याण्डले पहिलो जित हात पार्ने क्रममा साउदी अरबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डको जितमा ३९ औं मिनेटमा प्रिटो जिलेन्स्कीले गोल गरे । ८२ औ मिनेटमा कप्तान रोर्बट लेभान्डोस्किले दोस्रो गोल गरेका थिए ।
पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो ।
बलियो मानिएको अर्जेन्टिनालाई पहिलो खेलमा पराजित गरेको साउदीको भने यो पहिलो हार हो ।
पहिलो जित हात पारेको पोल्याण्ड समूह 'सी' को शीर्ष स्थानमा रहँदा हारका बाबजुत साउदी दोस्रो स्थानमा रहेको छ ।