काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार साविक विजेता फ्रान्सले डेनमार्कविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
फ्रान्सले डेनमार्कसँग स्टेडियम ९७४ मा खेल्नेछ । समूह 'डी' मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
डेनमार्कविरुद्ध मैदान उत्रदा फ्रान्स लगातार दोस्रो जितको योजनामा हुनेछ ।
पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोल अन्तरले हराएको थियो ।
यता, डेनमार्क पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा डेनमार्कले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो ।
यस समूहमा फ्रान्स ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
डेनमार्क १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
हेड टु हेड -
फ्रान्स र डेनमार्कबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा फ्रान्सले ८ खेल जित्दा डेनमार्कले ६ खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको छ ।
सम्भावित सुरुआती-११
फ्रान्स - हुगो लोरिस, पाभार्ड, सालिबा, कोनाटे, लुकास हर्नान्डेज,चुवामेनी, कामाभिन्गा, राबीओट, ग्रीजम्यान, जिरुड, एमबाप्पे
डेनमार्क - कास्पर स्माइकल, डानिल वास,सिमोन कजेर,रास्मुस क्रिस्टेनसेन,जोआकिम मेह्ले, पिएरे इमिल होजवर्ग, थोमस डिलाने, आन्द्रेस ओल्सेन,क्रिस्टियन एरिक्सन,जास्पर लिन्ड्ट्रोम, कास्पर डोल्बर्ग
प्लेयर्स टु वाच -
यस खेलमा फ्रान्सका एन्टोनी ग्रीजम्यान र डेनमार्कका क्रिस्टियन प्लेयर्स टु वाचमा रहने छन् ।