काठमाडौं । त्रिभुवन आर्मी क्लबका 'ए' टिमले पाँचौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ ।
धादिङको बैरेनीमा शुक्रबार आयोजित प्रतियोगितामा आर्मीको 'बी' टिम दोस्रो भएको छ ।
यस्तै एपीएफ क्लबले तेस्रो स्थान हासिल गर्दा प्याडल नेपाल चौंथो र ट्रायथलोन धरान पाँचौं भएको छ ।
भारतको एफसीसी रेसीङ टिमले सर्वोत्कृष्ट अन्तराष्ट्रिय टिमको उपाधि जितेको छ ।
नेपाली सेनाले आयोजना गरेको साहसिक खेलकुद अन्तर्गत रहेको यस प्रतियोगितामा दौड, साइक्लिङ र र्याफ्टिङ समावेश थियो । जसमा खेलाडीले ६.७ किमीको दौड, २६ किमीको साइक्लिङ र ११ किमीको र्याफ्टिङ दुरी पार गरेका थिए ।
धादिङको बैरेनीदेखि सुरु भएर चरौँदीमा पुगेर सकिएको प्रतियोगिताको विजेताले २ लाख प्राप्त गरेका छन्।
यस्तै उपविजेताले १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्दा चौथो र पाँचौं हुने टिमले क्रमश: २० र १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
विजेता खेलाडीहरुलाई प्रधानसेनापति महारथी प्रभुराम शर्मा लगायतले पुरस्कृत गरे ।
तस्बिर - आर्मी क्लब