बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
  4. /
  5. रशिला र अनु अन्तिम आठमा

रशिला र अनु अन्तिम आठमा

२०२२ नोभेम्बर २४, बिहिबारखेलपाटी संवाददाता

रशिला र अनु अन्तिम आठमा

काठमाडौं ।  नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकल तर्फ नवौं राष्ट्रिय प्रतियोगिताका विजयी राष्ट्रिय च्यामिपयन रशिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९, २१–१० ले तथा अनुले पाँचथरकी रिना तामाङलाई २१–१३, २१–१३ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ अन्तिम आठमा प्रवेश गर्ने अन्य खेलाडीहरुमा सर्लाहीकी निकिता लामा, एपिएफकी शोभा गौचन, मोरङकी शिमा राजबंशी, सेनाकी प्राथना देउवा, पुलिसकी निता लम्साल र सेनाकी स्नेहा श्रीपाली रहेका छन् ।

निकितालै कञ्चनपुरकी निलिमा महरालाई २१–१५, २१–१६, शोभाले बेलटार ब्याडमिनटन एकेडेमीकी रोजी राईलाई २१–१८, २१–१५, शिमाले सेनाकी बिष्णा बिष्टलाई २१–१८, १४–२१, २१–११, प्राथनाले ललितपुरकी सुपला बज्राचार्यलाई २१–९, २१–७, निताले सुर्खेतकी यशोदा रोकायालाई २१–६, २१–६ र स्नेहाले कैलालीकी अनिला सुनुवारलाई २१–१०, २२–२४, २१–१५ ले पराजित गरेका हुन् ।  

राष्ट्रिय वरीयता समेत रहेको प्रतियोगिताको पुरुष एकल तर्फ राष्ट्रिय च्यामिपयन तथा विश्य ब्याडमिन्टन जुनियर तर्फ नम्बर एक खेलाडी रहिसकेका उदियमान खेलाडी पुलिसका प्रिन्स दाहाल प्रिक्वाटरफाईनल प्रवेश गरेका छन् । दाहालले ललितपुरका राजेन्द्र महर्जनलाई २१–१७, २१–६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

यस्तै १६ फिदरका अमन महर्जनले एपिएफका निराजन देवकोटालाई २०–२२, २१–१२, २१–१४ ले, पाँचथरका दीवस शंकरले कैलालीका चन्द्रिका कथरियालाई २१–११, १२–२१, २१–१४ ले, सेनाकी अनिल मल्लले पुलिसका जीवन आचार्यबाट वाकओभर, कास्कीका विधान अधिकारीले कैलालीका शिषिर रानालाई २१–८, २१–६ ले, एपिएफका देवराज रानाले रिभियरा ईन्टरनेशनल एकेडेमीका सुमिन थोकरलाई २१–१६, २१–१५ ले, एपिएफका सुजन थापाले कञ्चनपुरका निखिल भट्टलाई २१–१४, २१–१५ ले फिदरका सुलभ पौडेलले पुलिसका सुनिल जोशीबाट वाकओभर, कास्कीका विशन गुरुङले पुलिसका पुर्णबहादुर थापालाई १६–२१, २१–१४, २१–१७ ले, सेनाका प्रफुल महर्जनले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापालाई २१–५, २१–९ ले, कैलालीका रोशन साउदले भक्तपुरका मुकेश श्रेष्ठलाई २१–१२, २१–८ ले, सेनाका पविन लिनथेपले एपिएफका विजित थापामगरलाई २१–१५, २१–१० ले, १६ फिदरका क्षितिज खनालले मोरङ जिल्ला ब्याडमिन्टन संघका सुप्रिम पन्थलाई २१–११, २१–७ ले, सेनाका हिमाल चन्दले पुलिसका दीपक बोहराबाट वाकओभर प्राप्त गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् ।

छात्र यू-१७ तर्फको प्रतियोगितामा कैलालीका रोशन साउद, सेनाका कविर के.सी., शुभकामना युवा क्लबका सनौला रैनी, सेनाका अनिल मल्ल अन्तिम सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् । यस्तै छात्रा तर्फ कैलालीकी रञ्जु राना, सेनाकी रिहाना शेरचनले पनि अन्तिम चारमा स्थान बनाएका छन् ।

रशिला र अनु अन्तिम आठमा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित