काठमाडौं । पाँचौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर प्रतियोगिता मंसिरमा आयोजना हुने भएको छ ।
नेपाली सेनाको आयोजनामा हुने प्रतियोगिता मंसिर ९ गते आयोजना हुनेछ ।
साहसिक खेलकुद अन्तर्गत रहेको यस प्रतियोगितामा दौड, साइक्लिङ र र्याफ्टिङ समावेश हुनेछ । जसमा खेलाडीले ६.७ किमीको दौड, २६ किमीको साइक्लिङ र ११ किमीको र्याफ्टिङ पार गर्नुपर्ने छ ।
प्रतियोगितामा १० विदेशी र १५ नेपाली गरी करिब २५ टिमको सहभागिता रहने नेपाली सेनाले जानकारी दिएको छ ।
यस पटक भारत, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, चीन, बेलायत, अमेरिकालगायत १० देशलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।
धादिङको बैरेनीदेखि चरौँदीसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । चौथो र पाँचौं हुने टिमले क्रमश: २० र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।