काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले जित निकालेको छ ।
अष्ट्रेलियाको पर्थमा आइतबार नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै पाकिस्तानले जित निकालेको हो ।
नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानका लागि मोहमद रिजवानले ४९ रनको योगदान दिए ।
यस्तै फखर जमानले २० तथा कप्तान बाबर आजमले ४ रन बनाए ।
शान मसुद १२ रनमा आउट भए ।

नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले २ तथा पाउल भानले १विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन जोडेको थियो ।
नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक २७ रन जोडे । कप्तान स्कट एडवार्डले १५ रन बनाए ।
पाकिस्तानका शादब खानले ३ तथा मोहमद वासिमले २ विकेट लिए ।

पाकिस्तानको यो पहिलो जित हो ।
जितसँगै पाकिस्तानले ३ खेलमा २ अंक जोडेको छ ।
समूह २ मा रहेको पाकिस्तान पाँचौं स्थानमा रहेको छ ।
अंक विहीन नेदरल्यान्ड्स पुछारमा रहेको छ ।