काठमाडौं । रोकिएको प्याराग्लाइडिङको उडान आज (सोमबार)बाट खुल्ला गरिएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उडानको दौरान निसिम थापाको निधन भएपछि प्याराग्लाइडिङको उडानमा रोक लगाईएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ शर्त सहित प्याराग्लाइडिङ खुल्ला गर्न अनुमती दिएको हो ।
प्याराग्लाइडिङ पाइलटको १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थामा परिक्षणक हुनुपर्ने, तोकिएका पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट राख्नुपर्ने, तोकिएको क्षेत्रमा मात्र उडान गर्नुपर्ने, उडानमा प्रयोग हुने ग्लाइडरको परिक्षण गराएर उडान अनुमती प्राप्त गर्नुपर्ने र आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नुपर्ने शर्त सहित उडान अनुमती खुल्ला गरिएको हो ।
नवौं राष्ट्रिय खेलकुदको दौरान भएको दुर्घटनापछि सुरक्षित उडानका लागि सुझाव दिन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको नेतृत्वमा दुई सदस्यीय कमिटी गठन गरिएको थियो ।
प्रतियोगिता दौरान भएको दुर्घटनापछि देशभरको प्याराग्लाइडिङ उडानमा प्राधिकरणले रोक लगाएको थियो ।