मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

राजन र किसनको जोडीलाई मेलम्ची मेयरकप ब्याडमिन्टनको उपाधि 

आइतबार, कार्तिक ६, २०७९खेलपाटी संवाददाता
राजन र किसनको जोडीलाई मेलम्ची मेयरकप ब्याडमिन्टनको उपाधि 
Classic Tech Internet Ad

देवराज सुवेदी । 

सिन्धुपाल्चोक । दोश्रो संस्करणको मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । 

आईतबार सम्पन्न जिल्ला स्तरीय फाइनलतर्फ मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडी पहिलो भएको छ ।

चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठको जोडी दोस्रो र चौताराका सुरेन्द्र श्रेष्ठ र सविन श्रेष्ठको जोडी तथा बलेफिका अजय तामाङ र पूर्णबहादुर थापाको जोडि तेश्रो भएका छन् । 

प्रतियोगितामा ४० बर्षमाथिका खुल्ला पुरुष डबल्समा पहिलो हुनेमा कुमार सापकोटा र राजनमान श्रेष्ठ, दोश्रो हुनेमा नारायणलाल श्रेष्ठ र रविन बोम्जन, तेश्रो हुनेमा चौताराका उपेन्द्र गोले र अमृत श्रेष्ठ चौताराकै अजय पराजुली राकेश थापा रहेका छन् । 

प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमश ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको मेलम्ची ब्याडमिन्टन एकेडेमीका सचिव ऋषिराम नेपालले जानकारी दिनुभयो । 

कार्यक्रममा पुरस्कार वितरण गर्दै नगर प्रमुख आइतमान तामाङले सबैखाले खेल क्षेत्रलाई नगरपालिकाले उत्तिकै महत्वका साथ हेरेको बताउँदै सहयोग गर्ने कुरामा कुनै कमि नराख्ने बताए । 

उपप्रमुख उमा प्रधानले खेलक्षेत्रमा महिलाहरुलाई पनि सक्रिय सहभागिता जनाउन आग्रह गरिन् । उनले खेलक्षेत्रमा महिलालाई अगाडी बढाउनका लागि नगरपालिकाले सहयोग गर्ने उद्घोष गरिन् ।

प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न नगरस्तरीय प्रतियोगितामा सिनियरतर्फ राजन श्रेष्ठ र राजु सापकोटाको जोडी पहिलो, कुमार सापकोटा र अनिश दुलाल दोश्रो तथा रुद्र शरण श्रेष्ठ र सुर्दशन दुलाल तथा राजनमान श्रेष्ठ र शैलेश खड्काको जोडीले तेस्रो स्थान प्राप्त गरेका छन् । 

त्यस्तै जुनियरतर्फ रोशन तिवारी र दिपराज तामाङको जोडी पहिलो, सन्तोष कोइराला र दिपक दुलाल दोश्रो, प्रकाश श्रेष्ठ र क्रान्ती तामाङ तथा हरिकृष्ण दुलाल र नारायण सापकोटाको जोडी तेश्रो भएको मेलम्ची ब्याडमिन्टन एकेडेमीका सचिव ऋषिराम नेपालले जानकारी दिए । 

प्रतियोगितामा दुवै तर्फका पहिलो दोश्रो र तेश्रो हुनेले क्रमश १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेको नेपालले जानकारी दिए । 

Bajaj Pulsar Motorcycle Ad
#मेलम्ची #मेयरकप #ब्याडमिन्टन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bajaj Pulsar Motorcycle Ad
रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार