पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको कास्य पदक गण्डकी प्रदेशले जितेको छ ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १-० गोल अन्तरले हराउँदै गण्डकी तेस्रो भएको हो ।
गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गोल गरे ।
पुरुष फुटबलको स्वर्ण पदकका लागि एपीएफ क्लब र आर्मी भिड्ने छन् ।