काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको तेस्रो चरणमा विभागीय टिम सरस्वतीविरुद्व ब्रिगेड ब्वाईजले ३–१ को जित निकाल्यो । राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी सम्मिलित सरस्वतीविरुद्व उमेर समुहका युवा खेलाडीले प्राप्त गरेको जित निकै अप्रत्यासित थियो ।
सुरुवाती खेलमा बलियो प्रतिद्वन्दीसंग भिडेर निखारिएको ब्रिगेड ब्वाईजले प्रर्दशनमा निखार ल्याउँदैछ । मनाङ र थ्रीस्टारलाई बलियो चुनौती पस्किएको बिग्रेडले लिग चरणमा अझै राम्रो नतिजा पस्किने लक्ष्य बनाएको छ ।
त्यही ब्रिगेडले लिग चरणको चौथो खेलमा सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ । खेल ललितपुरको एन्फा कम्प्लेक्समा बिहान ११ बजे सुरु हुनेछ ।
एक हिसावले दुवै टोली लिगमा दोस्रो जित निकाल्ने दाउमा छन् । दुवै टोली एकमा जित र दुई खेलमा हार ब्यहोरेका टोली हुन् । तेस्रो चरणको खेलमा बलियो विभागीय टोली एपीएफविरुद्ध ३–१ को सहज जित दर्ता गरेको व्रिगेड ब्वाइज पहिलो खेलमा मनाङसँग ३–१ गोलले पराजित भएकाे थियो । उसले दोस्रो खेलमा रुस्लान थ्रीस्टारसँग ५–१ गोलको हार ब्यहोरेको थियो ।
यता, सरस्वती युथ क्लब पहिलो खेलमा संकटासँग अन्तिम समयमा १–० गोल अन्तरले स्तब्ध बनेकाे थियो । दोस्रो खेलमा हिमालन शेर्पासँग सोही गोल अन्तरमा पराजित भएको सरस्वतीले तेस्रो खेलमा फ्रेन्ड्सविरुद्ध ३–० को जित निकालेको थियो ।
तीन खेलबाट समान ३ अंक जोडेका सरस्वती युथ र व्रिगेड ब्वाइज गोल अन्तरका आधारमा क्रमश नवौ र दशौ स्थानमा रहेका छन् ।