च्यासल युथ विरुद्द नेपाल पुलिस (भिडियाे लार्इभ)

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको चौथो चरणको खेलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । खेल हल्चोकस्थित एपीएफ मैदानमा सुरु भएकाे छ ।
दिउँसो साढे २ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै उपाधि होडमा फर्कन चाहन्छन् । लिगमा समान एक जित, एक हार र एक बराबरीको नतिजा निकालेका दुवै टोलीलाई उपाधि होडमा फर्कन आजकोे खेल महत्वपुर्ण छ ।
पछिल्लो खेलमा आर्मीसंग पराजित पुलिसलाई उच्च मनोबलमा साथ खेलमा फर्कन चुनौतीपुर्ण छ । तेस्रो चरणमा प्राप्त प्रभावशाली जितले च्यासललाई लिगको बलियो दाबेदारको रुपमा प्रस्तुत गरिदिएको छ ।
विमल घर्तिमगर, अमिर श्रेष्ठ र सन्तोष साहुखलको अग्रपङ्पतिले कुनैपनि समय विपक्षीलाई पराजित गर्ने हैसियत राख्छ । च्यासल ४ अंक सहित छैटौ स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा पुलिस सातौ स्थानमा छ ।