काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको चौथो चरणको खेलमा न्युरोड टिम एनआरटी र रुस्लान थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्दैछन् । एन्फा कम्प्लेक्समा खेल सुरु भएकाे छ ।
एनआरटीविरुद्व उत्रदै गर्दा थ्री स्टार अघिल्लो खेलमा गरेका गल्तीलाई सुधार गर्ने लक्ष्य राखेकाे छ । तेस्रो चरणको खेलको समाप्तिमा मात्र एक बराबरी निकाल्न सफल एनआरटीलाई लिग तालिकामा सुधार गर्न थ्री स्टारविरुद्वको खेल महत्वपुर्ण छ ।
थ्री स्टार ६ अंक सहित तालिकाको पाँचौ स्थानमा रहदाँ एनआरटी मात्र एक अंक सहित पुछारदेखि तेस्रोमा छ ।