पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा सेमिफाईनल समिकरण पूरा भएको छ ।
सेमिफाईनलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।
समूह ए बाट गण्डकी र नेपाली सेनाले अन्तिम ४ मा स्थान बनाएको हो । समूह ए मा गण्डकीले समूह विजेता बन्दै सेमिमा स्थान बनाएको हो ।
गण्डकी र सेनाको अंक समान भए पश्चात गोल अन्तरका आधारमा गण्डकी समूह विजेता बनेको हो । त्यस्तै, समूह बी बाट सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो । सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थानबनाएको हो ।
महिला तर्फ समूह ए बाट एपिएफ र गण्डकी प्रदेश समूह विजेता र उपबिजेता बन्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । अव सेमिफाईनलमा एफिएफले समूह बीको उपबिजेता प्रदेश १ को सामना गर्नेछ भने गण्डकी प्रदेशले समूह बीको बिजेता नेपाली सेनासंग प्रतिस्पर्धा गर्ने भएका छन् ।
बिहिबार पोखरा बहुउद्धेश्यि कभर्डहलमा भएको पुरुष ह्याण्डबल प्रतियोगितामा गण्डकी प्रदेश र नेपाली सेनाले बराबरी खेल्यो । गण्डकी र सेनाले २७–२७ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । गण्डकीका दिनेश श्रेष्ठ, प्रेमबहादुर गुरुङ्ग र बासु गुरुङ्ग तथा नेपाली सेनाका यामबहादुर पुन मगर र निर्मल बाबु श्रेष्ठ प्रत्येकले ६÷६ गोल गरे ।
पुरुषकै दोश्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ४१–१५ गोल अन्तरले पराजित गर्न सफल भयो । कर्णालीका लागि केशव बिष्टले सर्वाधिक १३ गोल गरे । पुरुषकै अर्को खेलमा सशस्त्र प्रहरी बलले सुदूरपश्चिम प्रदेशलाई ३५–१९ ले पराजित ग¥यो । एपिएफका सुरेश आले मगरले ११ गोल गरे ।
महिला तर्फको खेलमा कर्णाली प्रदेशले जित निकाल्यो । कर्णालीले बागमती प्रदेशलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । कर्णालीकी संगिता सिंहले ४ गोल गरिन् । यस्तै प्रदेश १ ले मधेस प्रदेशलाई १९–४ गोल अन्तरले पराजित ग¥यो । प्रदेश १ की प्रेक्षा कटुवालले ८ गोल गरिन् । महिलाकै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशविचको खेलमा गण्डकीले बाजी मार्यो । गण्डकीले ३५–९ को गोल अन्तरले लुम्बिनीलाई पराजित गरेको हो । गण्डकीकी आकृती गुरुङ्गले ७ गोल गरिन् ।