शुक्रबार, १३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फेन्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा ओमकार, राजेन्द्र र रमालाई स्वर्ण

मंगलबार, २५ आश्विन २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा ओमकार, राजेन्द्र र रमालाई स्वर्ण
Loading ad...
mustang rice ad

पोखरा ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार फेन्सिङमा तीन स्वर्ण पदकको छिनोफानो भएको छ।

पोखराको ब्याडमिन्टन कभर्डहलमा एकल सेवरतर्फ एपीएफका राजेन्द्र गजुरेल, महिलातर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुषतर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितेका छन् ।

एपीएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जितेका हुन् । यस अगाडी उनले सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, ८ औं राष्ट्रियमा टिम र एकल दुईमा रजत पदक जितेका थिए ।

सेवरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदक जितेका छन् । त्यसै गरी आर्मी कै रघुविर चन्द्र र एपिएफका खेमराज खत्रीले कास्य पदकमा चित्त बुझाए । 

महिलातर्फको फोयलमा स्वर्ण पदक विजेता सिंहले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण र ८ औं राष्ट्रियमा रजत पदक जितेकी थिइन् । एपीएफकी मनिषा राईले रजत पदक र एपिएफकी मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पारे।

पुरुषतर्फ इपिमा स्वर्ण जित्ने सिंहले ८ औं राष्ट्रियमा पनि स्वर्ण पदक जितेका थिए । इपिमा आर्मीका राम थापाले रजत पदक जिते । त्यसै गरी गण्डकी प्रदेशका विजय अधिकारी र एपिएफका मिन कार्कीले कास्य पदक जित्न सफल भए । गण्डकी प्रदेशका अधिकारीले पहिलो पदक जित्न सफल भएका हुन् ।

फेन्सिङको अंक तालिका अनुसार आर्मी शीर्ष स्थानमा छ । आर्मीले दुई स्वर्ण, ३ रजत र ४ कास्य सहित ९ पदक प्राप्त गरेको छ । त्यसै गरी बागमती प्रदेश २ स्वर्ण, १ सय र १ कास्य सहित ४ पदक प्राप्त गरेको छ ।

शसस्त्र प्रहरी १ स्वर्ण, २ रजत र ६ कास्य सहित ९ पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेश १ स्वर्ण पदक सहित चौथो स्थान छ । त्यसै गरी गण्डकी प्रदेश १ कास्य सहित पाचौं स्थानमा रहेको छ । प्रदेश नम्बर एकले अहिले सम्म पदक जित्न सकेका छैनन् ।

प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ लगाएतले पदक वितरण गरेका थिए ।

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा ओमकारराजेन्द्र र रमालाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य