शुक्रबार, १३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फेन्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

फेन्सिङमा शिक्षा, इन्दिरा र जेलेन्द्रलाई स्वर्ण

सोमबार, २४ आश्विन २०७९खेलपाटी संवाददाता
फेन्सिङमा शिक्षा, इन्दिरा र जेलेन्द्रलाई स्वर्ण
Loading ad...
mustang rice ad

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको फेन्सिङ प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्ण हात पारेको छ । बागमती टिमले महिला ब्यक्तिगत सावर बिधामा स्वर्ण जितेको हो । 

शिक्षा नापितले बागमतीको लागि नवौंमा पहिलो स्वर्ण दिलाएकी हुन् । उनले एपिएफकी उर्मीला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । तेश्रो स्थानमा सेनाका रविना थापा र मनिषा श्रेष्ठ रहे ।

पोखराको ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितमा इपी महिला ब्यक्तिगत तर्फ सेनाले बर्चस्व बनायो । सेनाका ईन्दिरा पौडेलले स्वर्ण जित्दा सिता पाठक रजतमा खुम्चिईन् । यस्तै सेनाकी पुजन कुमालले कास्य जित्दा अर्को कास्य एपिएफकी जानुका स्याङ्गतानले जितिन् ।

पुरुष तर्फ सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले आफ्नो प्रदेशका लागि स्वर्ण जिते । उनले बागमतीका संजीप लामालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । सेनाका वीर सिंह शाही र एपिएफका शेरसिंह ऐरीले कास्य पदका चित्त बुझाए । 

बिजयी खेलाडीहरुलाई बागमती प्रदेशका सदसस्य सचिव सूर्यलाल भण्डारी, सुदूरपश्चिम प्रदेशका सदस्य सचिव दीपक सिंह र राष्ट्रिय खेलकुद परिषद्का प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतले पुरस्कृत गरेका थिए ।

फेन्सिङको आज तीन स्वर्णको छिनोफानो भएको छ ।

प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरेका थिए । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता रहेको छ ।

विभागीय टोली नेपाल आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् ।

फेन्सिङ अन्तरगत ईपी, फोयल र सावर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता राउण्ड रोविनको आधारमा हुने प्राविधिकले जनाएका छन् ।

नवौं राष्ट्रिय प्रतियोगिताको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले जितेको थियो । पुलिसले पुरुष क्रिकेटमा पहिलो स्वर्ण जित्दै स्वर्ण तालिकामा पहिलो स्थान बनाउन सफल भएको थियो ।

 

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय खेलकुद :

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य