काठमाडौं । दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको अन्डर १७ गल्स डबल्समा नेपालका रोज पाण्डे र सानिया चन्दको जोडीले रजत पदक जितेको छ ।
भारतको गुहावटीमा भएको ब्याडमिन्टनको जुनियर च्याम्पियनसिपमा रोज र सानियाले रजत पदक प्राप्त गरेका हुन् ।
शुक्रबार भएको फाइनल खेलमा नेपालको जाडी भारतका खेलाडी ऐसानी तिवारी र रामु रुजुलासँग पराजित भएको हो ।
भारतीय जोडीसँग नेपालका रोज र सानियाको जोडी २१–४ र २१–९ ले पराजित बन्यो ।
यसअघि अन्डर १७ र अन्डर १५ दुवै उमेर समुहको मिक्स्ड टिम इभेन्टमा नेपालको टिमले तेस्रो स्थान हासिल गरेको थियो ।
प्रशिक्षक जितेन्द्र शर्मा र टिम ब्यवस्थापक छबिलाल शाही नेतृत्वको नेपाली जुनियर ब्याडमिन्टनको टिम पदक सहित स्वदेश फर्कने तयारी गरेको छ ।
यस्तै, अन्डर १५ गर्ल्स सिंगल्सतर्फ रिहाना शेरचन तथा रोजी राईले काँस्य पदक प्राप्त गरेका छन् ।
सोही समूहको मिक्स्ड डबल्समा रोजी राई र कबीर केसीको जोडी तथा ब्वाइज डबल्सतर्फ कबीर केसी र साहिल चन्दको जोडी तेश्रो स्थान हासिल गर्न सफल भए ।
नेपालले समग्रमा १ रजत र ६ काँस्य पदक जित्न सफल भएको छ ।