बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
  4. /
  5. रशिला र नविनलाई चन्द्रागिरी ब्याडमिन्टनको उपाधि

रशिला र नविनलाई चन्द्रागिरी ब्याडमिन्टनको उपाधि

२०२२ सेप्टेम्बर १९, सोमबारखेलपाटी संवाददाता

रशिला र नविनलाई चन्द्रागिरी ब्याडमिन्टनको उपाधि

काठमाडौं । उदियमान राष्ट्रिय नं. १ खेलाडी रशिला महर्जन र नविन श्रेष्ठले प्रथम चन्द्रागिरी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी चुमेका छन् ।

सेनाकी खेलाडी महर्जनले महिला एकल तर्फ पूर्व नं. १ खेलाडी भोजपुरकी नङ्गशल देवी तामाङलाई २१–१४, २१–१३ को सोझो सेटमा पराजित गरेकी हुन् ।

यस्तै सेनाकै नविनले नेपाल पुलिस क्लबका बिष्णु कटुवाललाई २१–९, २१–१६ ले पराजित गर्दै उपाधी कब्जा गरेका हुन् ।

बिजेताले नगद ४० हजार र उपबिजेताले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

महिला तर्फ एपिएफकी शोभा गौचन र सेनाकी प्राथना देउवा संयुक्त तेश्रो भए । पुरुष तर्फ पुलिसका सुनिल जोशी र कालिकाका सुदीप सेढाईले तेश्रो स्थानमा चित्त बुझाए । तेश्रो हुनेले नगद १० ÷१० हजार प्राप्त गरे ।

महाङ्काल ब्याडमिन्टन कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको शिर्ष २० बाहेकका पुरुष एकल तर्फका खेलमा महांकालका सुजन थापाले सेनाका हिमाल चन्दलाई २१–१७, ११–२१, २१–१८ ले पराजित गर्दै स्वर्ण जिते । उनले ट्रफी प्रमाण पत्र र नगद ३० हजार  प्राप्त गरे । यस्तै उपविजेता चन्दले नगद १५ हजार प्राप्त गरे । तेश्रो स्थानमा सेनका कविर के.सी. र पुलिसका हिरा राई रहे । उनीहरुले नगद १० ÷१० हजार प्राप्त गरे ।

सोही विधाको महिला एकल तर्फ सुर्खेतकी शिष्ना श्रीपालीले सुर्खेतकै अग्रीमा भण्डारीलाई १३–२१, २१–१६, २१–११ ले पराजित गर्दै उपाधी कब्जा गरिन् । श्रीपालीले ३० हजार र भण्डारीले नगद १५ हजार प्राप्त गरिन् । तेश्रो स्थानमा नेपाल पुलिसका निकिता लामा र रिना तामाङल रहे । उनीहरुले नगद १० ÷१० हजार प्राप्त गरे ।

शीर्ष २० बाहेकको पुरुष युगल तर्फ एपिएफका प्रनिश सिंह ठकुरी र महांकालका सुजन थापाको जोडीले विजय प्राप्त गर्यो । उक्त जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१८, २६–२४ को कठिन जित निकाल्यो । बिजयी जोडीले नगद ३० हजार र उपबिजयीले नगद १५ हजार प्राप्त गरे ।

युनिटि ब्याडमिन्टन एकेडेमीका निश्चल खत्री र श्रीजल पोखरेल तथा सेनाका हिमाल चन्द र सन्तोष पनेरुले तेश्रो हुँदै नगद १० ÷१० हजार प्राप्त गरे ।

लोकल पुरुष युगल तर्फ महांकालका आकाश जोशी र याविक श्रेष्ठको जोडी प्रमोद महर्जन र सुमन महर्जनको जोडी माथि हावी भयो । जोशी र श्रेष्ठको जोडीले महर्जन जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । महर्जन जोडीले नगद १० हजार प्राप्त गरे । तेश्रो स्थान प्राप्त गरेका बिपिन शाह र अमृत थापा तथा रामशरण के.सी. र दिवाकर पाण्डेको जोडीले नगद १० ÷१० हजार प्राप्त गरे ।

४५ बर्ष माथिको युगल जोडीमा कालिकाका रामशरण के.सी. र हरि कार्कीको जोडीले पिएफसीका संजय कपाली र लाक्पा शेर्पाको जोडीलाई २१–१७, २४–२२ ले पराजित गर्दै उपाधी उचाले । बिजयी खेलाडीले नगद ३० हजार र उपबिजयीले नगद १५ हजार प्राप्त गरे । किर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडी तथा हिरा रोक्का र टिका थापाको जोडी संयुक्त तेश्रो स्थान प्राप्त गर्दै नगद १०÷१० हजार प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी बागमती प्रदेश साँसद रमा आले मगरले पुरस्कार वितरण गरेकी थिईन् ।

रशिला र नविनलाई चन्द्रागिरी ब्याडमिन्टनको उपाधी
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित