इटहरी । प्रदेश एक सरकारका सामाजिक विकास मन्त्री राजन राईले झापाको विर्तामाडमा पुगेर प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेका छन् ।
आगामी २८ गते देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि प्रदेश छनौट गर्न तेक्वान्दो प्रतियोगिताको आयोजना गरिएको हो ।
खेलमा १४ वटै जिल्लाका खेलाडीको सहभागितामा मन्त्री राईले तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेका हुन । झापाको भद्रपुर स्थित मेची रंगशालाको कभर्डहलमा भएको उद्घाटन खेलमा मन्त्री राईले खेलाडीको हौसला बढाउन प्रदेश सरकार लागि परेको बताएका थिए । तेक्वान्दो खेल आयोजकका संयोजक तथा जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पर्वत दाहालको सभापतित्वमा भएको थियो ।
यस्ता झापाको मेचि रंगशालामा खो खो खेलतर्फ पुरुष र महिलाको छनौट प्रतियोगिता समेत उद्घाटन गरिएको छ । प्रमुख अतिथीको रुपमा उद्योग वाणिज्य संघका टिका ढकालले खेलको उद्घाटन गरेको झापा जिल्ला खेलकुद विकास समितिका सदस्य दुर्वासा कार्कीले बताए । खो खो प्रतियोगिताको उद्घाटन खेल खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीको सभापतित्वमा भएको थियो ।