इटहरी । प्रदेश एक खेलकुद विकास बोर्डले आईटिएफ तेक्वान्दोतर्फको प्रदेश एक छनौट प्रतियोगिता शुक्रबार सुनसरीको इटहरीमा सम्पन्न गरेको छ ।
बुधबारबाट शुरु भएको आईटिएफ तेक्वान्दोको छनौट खेल तेस्रो दिन शुक्रबार सम्पन्न भएको हो । छनौट खेलबाट महिला एकल स्पाइरिग तर्फ ६५ केजी तौल समुहमा झापाकी पार्वती राजवंशीले स्वर्ण पदक जितेकी छन् भने सुनसरीकी रोमिला खड्काले रजत र मोरगकी सरला राईले कास्य पदक जितेकी छन् । त्यसैगरी महिला एकल स्पाइरिगंतर्फ नै ६० देखि ६४ केजी तौल समुहमा पाँचथरकी अनिषा सेलिगँले स्वर्ण पदक पाएकी छन् भने मोरगकी केरीसा आचार्यले रजत र सुनसरीका कतिका राई र इलामकी निसा ताजपुरीयाले कास्य पदक जितेका छन् । यता महिला स्पाइरिगं तफैकै ५५ केजि देखि ५९ केजि तौल समुह तर्फ भोजपुरकी सजिना तामागंले स्वर्ण पदक जित्न सफल भएकी छन् यस्तै झापाकी मेरिना राईले रजत र मोरगंकी बविता श्रेष्ठ र पाँचथरकी एलिसा सेलिगंले कास्य पदक हात पारेका छन् ।
सोहि विद्याको ५० देखि ५४ केजि तौल समुहमा मोरगंकी कुशुम राजवंशीले स्वर्ण पदक जितेका छन् भने पाँचथरकी बिनिता राईले रजत र सुनसरीकी एलिजा राई र भोजपुरकी कृतीका राईले कास्य पदक पाएका छन् । यता ४५ केजि देखि ४९ केजी तौल समुहमा मोरगंकी इन्दिरा थापाले स्वर्ण पाँचथरकी सवीना सेलीगले रजत र सुनसरीकी करुणा विष्ट र भोजपुरकी समोला राईले कास्य पदक जितेका छन् ।
यता पुरुष प्याटन तर्फ तेस्रो डानमा सुनसरीका अर्जुन चौधरीले स्वर्ण जितेका छन् ।
यसैगरी पुरुष स्पाइरिग तर्फ ४५ देखि ४९ केजि तौल समुहमा पाँचथरका आलोक राईले स्वर्ण, भोजपुरका सुरज विकले रजत, सुनसरीका इशान राई र झापाका आइतराज लिम्बुले कास्य पदक पाएका छन् । यस्तै गरी ५० देखि ५४ केजि तौल समुह तर्फ झापाका मिसन श्रेष्ठले स्वर्ण जितेका छन् भने भोजपुरका कृष्ण रसाइलीले रजत र कास्यतर्फ मोरगंका प्रविण बस्नेत र पाँचथरका मिसन सेलिगं रहेका छन् ।
पुरुष स्पाइरिगको ५५ देखि ५९ केजि तौल समुहको खेलमा मोरगंका प्रथम कार्कीले स्वर्ण, सुनसरीका सुरज चौधरीले रजत र कास्यमा झापाका बिक्रम श्रेष्ठ र पाँचथरका शिसिर सेलिगँले कास्य पदक पाएका छन् । यता ६० देखी ६४ केजि तौल समुहमा मोरगका नितेश खवासले स्वर्ण पदक पाएका थिए भने सुनसरीका उदयबिक्रम राईले रजत र कास्य तर्फ पाँचथरका अस्विन सेलिग र झापाका मनिस श्रेष्ठले रहेका छन् । बिजयी खेलाडीलाई आईटिएफ तेक्वान्दो छनौट तर्फका संयोजक डेभिड विष्ट लगायतले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । खेलमा छनौट भएका खेलाडीको नाम प्रदेश खेलकुद बोर्डलाई हस्तान्तरण गर्ने छनौट समितिका निर्णायक प्रविण कार्कीले बताए ।