जुनी र दीपक सर्वोत्कृष्ट खेलाडी
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
उनीहरुलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
यसैगरी प्रकाशबहादुर लामा थाउलो र गणेश अर्याल सान्सौका उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनीहरुले पनि नगद २५ हजार पुरस्कार पाए ।
कार्यक्रममा नेपालमा उसुका संस्थापक प्रनिलध्वज कार्कीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा १३औं सागका स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो । स्वर्ण विजेता जुनी राई, दीपक हमाल, विजय सिंजाली, सुस्मिता तामाङ र निमा घर्तीमगरलाई नगद १० हजारसहित सम्मान गरिएको हो ।
यसैगरी सागका विभिन्न संस्करणका स्वर्ण विजेतासँगै १३औं सागका रजत र कांस्य पदक विजेता खेलाडीलाई पनि सम्मान गरिएको थियो । यस्तै १३औं सागमा सहभागी प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा साताव्यापी डिप्लोमा कोर्स र जर्ज सेमिनारमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । डिप्लोमा कोर्समा महिलातर्फ कैलालीकी पुष्पा कुँवर र पुरुषतर्फ नुवाकोटका राजीव तामाङ उत्कृष्ट घोषित भएका थिए । यस्तै जर्ज सेमिनारमा नुवाकोटकी मीना ग्लान र मोरङका अजय बुढाथोकी उत्कृष्ट बनेका थिए । अवार्ड कार्यक्रममै डिप्लोमा कोर्स र जर्ज सेमिनारमा सहयोग पु¥याउने निर्णायकसँगै स्वयंमसेवक प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ, महासचिव लाक्पाछिरिङ लामालगायतले सम्मान गरेका थिए ।













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)