काठमाडौं । सूर्य विनायक नगरपालिका ७ का अभिषेक चालिसे र इश्वर गिरीको जोडी भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको दोश्रो चरण मा प्रवेश गरेका छन् ।
अन्तिम ३२ मा स्थान बनाउने क्रममा चालिसे र गिरीले सूर्यविनायक नगरपालिका १ का रुपेन्द्र न्यौपाने र श्याम न्यौपानेलाई १४–२१, २५–२३, २१–१९ ले पराजित गरे । यस्तै मध्यपुर नगरपालिका थिमी १ का राजेश डङ्गोल र पूर्ण सेढाईले भक्तपुर नगरपालिका २ का समिर बासुकला र सौगात काईछीलाई २१–१७, २१–१४ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरे ।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भएको प्रतियोगिताको अर्को खेलमा मध्यपुर थिमी ८ का विक्रम धेके र कृष्ण चन्द्र पिलाको जोडीले सूर्यविनायक नगरपालिका ६ का निरज काजी बुद्धाचार्य र पवन खत्रीको जोडीलाई २०–२२, २१–१४, २१–५ ले तथा चन्द्र विनायक नगरपालिका २ का प्रभु भण्डारी र रामहरी के.सी.को जोडीले सूर्यविनायक नगरपालिका ५ का बिश्वराम खाईजु र गोपाल श्रेष्ठको जोडीलाई २१–१५, २१–८ ले पराजित गरे ।
यस्तै दोश्रो चरण प्रवेश गर्ने क्रममा मध्यपुर थिमी नगरपालिका ५ का राजन प्रजापती र शामी प्रजापतीको जोडी, सूर्यविनायक नगरपालिका ३ का अशोक गौतम र सुमन गौतमको जोडी, थिमी नगरपालिका १ का शिव धकुचाला र प्रभात कुमार खड्काको जोडी, थिमी ४ का विवेक श्रेष्ठ र उद्धव बाबा श्रेष्ठको जोडी, सूर्यविनायक २ का संजीव कटुवाल र पंकज शर्मा पौडेलको जोडी, थिमी ५ का दिपेन्द्र श्रेष्ठ र परमेश्वर श्रेष्ठको जोड तथा थिमी ७ का अशोक अधिकारी र महेश कार्कीको जोडीले पनि ३२ मा स्थान बनाए ।
प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरि ४ विधामा प्रतिस्पर्धा भईरहेको छ।
१२ लाखको लागत रहेको प्रतियोगिताको विजयी शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । यस्तै पदक प्राप्त गरेको आधारमा टिम च्याम्पियन घोषणा गरिनुका साथै प्रथम, द्वितीय र तृतीय हुने वडालाई ट्रफी प्रदान गरिने छ ।
२०० बढि खेलाडीको सहभागिता रहने प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाईटी ब्याडमिन्टन हलमा भईरहेको छ ।