काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएका छन् ।
न्युयोर्कमा सोमबार राति भएको खेलमा अमेरिकाका फ्रान्सेस तियाफोईसँग पराजित हुँदै नाडाल बाहिरिएका हुन् ।
विश्व वरीयताको तेस्रो स्थानमा रहेका नाडाललाई फ्रान्सेसले ६-४,४-६,६-४ र ६-३ ले हराए ।
यससँगै २३ पटक ग्रान्डस्लाम जित्ने नाडालको अभियान समाप्त भएको छ ।
नाडाल २०२२ को ग्रान्डस्लाम प्रतियोगितामा पहिलो पटक पराजित भएका हुन् ।
कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले ४ पटक युएस ओपनको उपाधि जितेका छन् ।
३६ वर्षीय नाडालले पछिल्लो पटक २०१९ मा युएस ओपन जितेका थिए ।
