आईटीएफ टोलीको बिदाइ
सोमबार, २० भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेशको आईटीएफ तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा सहभागी हुन काठमाडौं जिल्लाको टोली मंगलबार हेटौडा प्रस्थान गर्दै छ ।
भदौ २२ देखि २३ गतेसम्म हुने प्रतियोगितामा काठमाडौंबाट १५ पुरुष र १० महिला गरी २५ खेलाडी सहभागी हुने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सोही अवसरमा खेलाडीलाई खेल पोशाक पनि वितरण गरिएको थियो ।
आईटीएफ टोलीको बिदाइ





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)




-1788059680773.webp&w=3840&q=75)


