काठमाडौं । अमेरिकी खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन् ।
न्युयोर्कमा शनिबार अष्ट्रेलियाकी अज्ला टोम्ल्जानोविचसँग पराजित हुँदै सेरेना बाहिरिएकी हुन् ।
२३ पटकको ग्रान्डस्लाम विजेता सेरेनालाई अष्ट्रेलियन खेलाडीले ७-५, ६-७ (४-७) र ६-१ को सेटमा पराजित गरिन् ।
४० वर्षिया सेरेनाको यस प्रतियोगिता बिदाइ प्रतियोगिता हो । उनले युएस ओपनपछि सन्यासको घोषणा गरिसकेकी छिन्।
सेरेनाले ६ पटक युएस ओपन जितेकी छिन् । सेरेनाले अन्तिम पटक २०१४ मा युएस ओपन जितेकी थिइन् ।
