पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कास्की जिल्लाबाट प्याराग्लाइडिङ खेलाडी छनोट गरिएको छ ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले नवौंका लागि छनोटको रुपमा रहेको प्रदेश स्तरीय प्रतियोगिताका लागि कास्की जिल्लाबाट खेलाडी छनोट गरिएको जनाएको छ ।
पोखरामा हुने प्रदेशस्तरीय प्रतियोगिताका भदौ १६ देखि १८ गतेसम्म हुनेछ ।
संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य वसन्तराज दवाडीले प्रदेश स्तरीयका लागि दुई छुट्टाछुट्टै खेलका लागि खेलाडी छनोट गरिएको जानकारी गराए ।
छनोट हुनेमा पुरुष क्रसकन्ट्रितर्फ विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र शेरबहादुर गुरुङ हुनुहुन्छ । त्यसमा आशिष थापा वैकल्पिकका खेलाडीका रुपमा रहेका छन् ।
पुरुष एकुररेसीतर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा छन् । त्यसमा विष्णु गौतम वैकल्पिकका रुपमा छन् ।
महिलातर्फको क्रसकन्ट्रिमा त्रिशा श्रेष्ठ र सुष्मिता सुनुवार तथा महिला एक्युरेसीमा कृषु पौडेल र रितु श्रेष्ठ रहेका छन् ।
छनोट भएका खेलाडीले भदौ १६ देखि १८ गतेसम्म पोखरामा हुने प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने कास्की जिल्ला खेलकुद कार्यालयका प्रमुख प्रकाश बरालले जानकारी दिए ।