काठमाडौं । आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
युरोले बौद्ध इन्टरनेसनल स्कुल बीआईएसलाई २७–१५ ले पराजित गर्यो ।
युरोकी साना दीपकले १४ स्कोर गरिन् । गल्समै विद्या संस्कारले मोर्डन इन्डियन स्कुल एमआईएसलाई ११–७ ले हरायो । विजेताकी प्रीतिशा केसीले ५ अंक जोडिन् ।
ब्वाइजमा काष्ठमण्डपले टीआईएलाई २५–१३, सेन्ट जेभियर्सले बाबालाई ३९–१०, विल्सन एकेडेमीले युरोलाई ३५–३०, एमआईएसले आलोकलाई २७–९, बीआईएसले साम्तेनलाई ३२–१२ तथा त्रिज्योतिले गुहेश्वरीलाई २९–१२ ले पाखा लगाए ।
काष्ठमण्डपका आश्रय शाक्य र निसित अधिकारीले ७–७, सेन्ट जेभियर्सका शुभम सैजुले २१, विल्सनका पेम्बा शेर्पाले १४, एमआईएसका अकुशले १२, बीआईएसका फुर्वा छेतेनले १३ तथा त्रिज्योतिका नवाङ शेर्पाले १४ अंक बटुलेका थिए ।
भ्याली पब्लिक र ग्रिनल्यान्ड सेमिफाइनलमा
भ्याली पब्लिक र आयोजक ग्रिनल्यान्ड १५ औं क्विक्स ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको खेलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ३५–२१ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङले १२ अंक योगदान गरे । दिवस भुजेलको २७ अंक सहयोगमा ग्रिनल्यान्डले सेन्ट जोसेफलाई ३९–३० ले हरायो ।
सोही स्पर्धामा बसुन्धारा नेसनल एकेडेमी बीएनएले इडेन ब्रिज एकेडेमी इबीएलाई ६१–५१ तथा एचएचसीएले टीआईएलाई ३९–२३ ले पाखा लगाए । बीएनएका सन्देश खड्काले ३८ तथा एचएचसीएका दोर्जे शेर्पाले १५ स्कोर गरे ।
जुनियर ब्वाइजमा बीएनएले इबीएलाई २३–१७, एन्जल्स हार्टले गोल्डेनपिकलाई ३६–१६, स्किब्सले गोल्डेनपिकलाई १६–१३ तथा लालीगुराँस नेसनल एकेडेमी एलएनएले भ्याली पब्लिकलाई २१–१९ ले पन्छाए ।
बीएनएका सुरेश गौतमले ११, एन्जल्स हार्टका प्रतीक कँडेलले २४, स्किब्सका सोनाम ठकुरीले ४ तथा एलएनएका रिदम उप्रेतीले १८ अंक जोडे ।