काठमाडौं । एपीएफ क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १ - ० ले पराजित गर्दै एपीएफले लिगमा पहिलो जित दर्ता गरेको हो ।
ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन प्रविन स्याङतानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविनले गोल गर्दै एपीएफलाई ३ अंक दिलाए ।
त्यसअघि बल पोजिसनमा पकड जमाए पनि एपीएफले थप गोल गर्न सकेको थिएन् । यस्तै फ्रेन्ड्सले पनि केहि गोलको अवसर गुमाएको थियो ।
खेलमा म्यान अफ दि म्याच एपीएफका प्रविन नै चुनिए ।
जितसंगै एपीएफले २ खेलबाट ४ अंक जोडेको छ । एपीएफले पहिलो खेलमा हिमालयन शेर्पासंग बराबरी खेलेको थियो ।
फ्रेन्ड्सको भने यो लगातार दोस्रो हार हो । यसअघि फ्रेन्ड्स थ्री स्टारसंग पराजित भएको थियो ।