काठमाडौं । नेपाल आईटीएफको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती शनिबार र आइतबार भब्यताका साथ मनाउदै छ ।
वार्षिकोत्सवको तयारी पूरा भएको अध्यक्ष अन्जन धमलाले जानकारी दिए । शनिबार बिहान भक्तपुरमा बृद्ध बद्धालाई भोजन गराएर सुरु हुने वार्षिकोत्सवका अन्य कार्यक्रम पोखरामा हुनेछ ।
पोखरामा आइतबार वर्षको उत्कृष्ट खेलाडी, वर्षको उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट जिल्ला संघलाई पुरस्कृत गरिने छ । नेपाल आइटिएफको इतिहासमा पहिलो पटक निर्माण भएको नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने खाडाँदेवी गाँउ पालिकाका पूर्व अध्यक्ष प्रेम बहादुर तामाङलाई पनि सम्मान गरिने छ । सोही एकेडेमी निर्माणको क्रममा अन्तराष्ट्रिय तेक्वान्दो महासंघका संस्थापक ग्रान्ड मास्टर जनरल चोइ हङहीको पूर्ण कदको शालीक पनि निर्माण भएको छ ।
वार्षिकोत्सव समारोह राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङको प्रमुख आतिथ्यमा हुने छ ।