बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
  4. /
  5. सिर्जना र संगिता अन्तिमम १६ मा

सिर्जना र संगिता अन्तिमम १६ मा

२०२२ जुलाई २७, बुधबारखेलपाटी संवाददाता

सिर्जना र संगिता अन्तिमम १६ मा

काठमाडौं ।  स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट कपन लाखेपोखरीस्थित आयोजकको कभर्डहलमा सुरु भएको छ ।

पहिलो दिनको प्रतियोगितामा शीर्ष २० बाहेकका महिला एकलतर्फ नखिपोटकी सिर्जना  म्याम्बो र भोजपुरकी संगिता तामाङ अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

म्याम्बोले ललितपुरकी श्रेया बज्राचार्यलाई २१-१६, २१-१० ले तथा संगिताले बालाजुकी मनु वाईवालाई २१-१८, २१-१७ ले परजित गरे । यस्तै वाई.सी.बि.सी.की सुप्रिया मगरले काभ्या स्कुलका अश्मिता सिंहलाई २१-७, २१-५ले, काठमाण्डौकी श्रृजना तामाङले नुवाकोटकी अश्मिता रिमाललाई २१-८, २१-५ ले, सुर्खेतकी अग्रिमा भण्डारीले पोखराकी आकृती के.सी.लाई २१-१९, २०-२२, २२-२०, ललितपुरकी सुपला बज्राचार्यले नुवाकोटकी आयुशा प्याकुरेललाई २१-१६, १७-२१, २१-९ ले, पाँचथरकी रिना तामाङले किर्तिपुरकी टिना महर्जनलाई २१-४, २१-२ ले, स्पोर्टस् ग्यालेक्सिकी सुनिता शर्माले काभ्या स्कुलकी एक्मे अवालेलाई २१-१, २१-१ ले, धादिङ्गकी बविता पुरीले पोखराकी अनुरानालाई २४-२२, २१-११ ले, बुटवल ब्याडमिन्टनकी पुजा बिष्टले सुर्खेतकी दिपिका तिमल्सिनालाई २१-८, २१-१७ ले, नखिपोटकी अंजी पुलामीले ललितपुरकी कलिशा शाहीलाई २१-५, २१-५ ले, सुर्खेतकी निरुता शाहीले १६ फिदरकी अजरिंका शेरचनलाई २१-७, २१-११ ले तथा सोलखुम्बुकी पुजा मगरले धादिङ्गकी निष्ठा श्रेष्ठलाई २१-१८, २१-१४ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

शीर्ष २० देखि बाहेकका पुरुष युगल खुलातर्फ आयोजकका रविन खड्का र लाक्पा तामाङको जोडीले लक्ष्मी राई र प्रविन राईको जोडीलाई २१-१८, २१-१७ ले तथा धर्मस्थलीका किरण कार्की र राजन श्रेष्ठको जोडीले बालकुमारी रिमिक्सका दिपन महर्जन र भुवन श्रेष्ठको जोडीबाट वाक ओभर प्राप्त गर्दै अन्तिम ३२ मा स्थान बनाए । यस्तै नारायणथानका डेभिड खालिङ र अर्जुन राईको जोडीले सुर्यदर्शनका अमर डङ्गोल र स्पन्दन श्रेष्ठको जोडीबाट वाकओभर, नखिपोटका अश्मिन गुरुङ्ग र नेल्सन राईको जोडीले टिआईबिसीका हिम के.सी. र पंकज पौडेलको जोडीलाइ २२-२०, २१-११ले, सोलुका श्याङ्गबो बस्नेत र आशिष खनालको जोडीले बनेपाका सानोबाबु गोले र काठमाण्डौका किरण थापाको जोडीलाई २३-२१, २१-१० ले, आयोजकका सुनिल कार्की र टोखाका अनिल मल्लको जोडीले सेस्डेकका सुविन कर्मचार्य र सुबाष उलकको जोडीलाई २२-२०, २१-१७ ले, पाँचथरका दीपक आङ्गदम्बे र किरण श्रेष्ठको जोडीले तिनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई १३-२१, २१-१३, २२-२० ले तथा जेष्टका संदीप जोशी र ईन्द्र महताको जोडीले नवज्यातीका रितेश शाही र अर्ब रत्न तुलाधरको जोडीलाई २१-१२, २१-१३ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाए ।

आज भएको प्रतियोगिताको स्थानिय पुरुष युगल तर्फ आयोजकका ग्याल्जेन शेर्पा र लाक्पा शेर्पाको जोडी जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । यस्तै टोखाका बासु बोगटी र शिषिर ठकुरीको जोडी, आयोजकका अमृत पञ्चकोटी र बिश्व राम श्रेष्ठको जोडी, भरत कुमार खत्री र पंचराम तामाङको जोडी, आयोजकका दिवश खड्का र रविन खड्काको जोडी, बालाजुका सन्तोष दाहाल र चन्दन घलेको जोडी, आयोजकका जे.बि. राई र सनबहादुर साम्बाको जोडी, काठमाण्डौका साङबु शेर्पा र प्रचण्ड श्रेष्ठको जोडी, टोखाका अनिल मल्ल र नारायण श्रेष्ठको जोडी, आयोजकका अर्जुन मगर र दावा शेर्पाको जोडी, सचिन राई र टक रानाको जोडी, आयोजकका श्याम तामाङ र पुष्प थापाको जोडी, तिनचुलीका ज्योती लामा र प्रेम लामाको जोडी, काठमाण्डौका रुपाल बादे र दिपक खड्काको जोडी, आयोजकका ज्ञानु गिरी र किशोर राईको जोडी तथा छिरिङ्ग लामा र अश्मिल शाहीको जोडी जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

यस्तै ४५ माथिको पुरुष युगलमा जेष्टका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी, टिआबिसीका हिम के.सी. र सुशिल पौडेलको जोडी, ललितपुरका पुर्णभक्त चित्रकार र राजु थापाको जोडी, टोखाका कान्छा नारायण महर्जन र मानकाजी श्रेष्ठको जोडी, आयोजकका सुरेन बहादुर आले र लाक्पा शेर्पाको जोडी, धादिङ्गका कमल रोकाया र रामसिंह तामाङको जोडी, खुस गुरुङ्ग र मनबहादुर रानाको जोडी, न्यूरोडका सुरेन्द्र बुढाथोकी र दत्त थापाको जोडी, सामाखुसीका अनराम छन्त्याल र टिका थापाको जोडी, देवीनगरका दिल कार्की र चन्द्र खापुङ्गको जोडी, आयोजकका चित्र गुरुङ्ग र अमृत पंचकोटीको जोडी, आईबिएमएसका किशन च्याम्जुङ्ग र राजेश शाक्यको जोडी किङ्ग्स स्पोर्टस्का रविन बमजन र एल.पी. महर्जनको जोडी, चन्द्रगिरीका विरेन्द्र बिष्ट र हरी खत्रीको जोडी, काठमाण्डौका बद्रि पराजुली र किरण श्रेष्ठको जोडी तथा पुर्णहरी होना र संजय कपालीको जोडी पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएका छन् । 

प्रतियोगितामा पुरुष डबल्स (शीर्ष २० बाहेक), भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त (देशी तथा विदेशी ) आर्मी र पुलिस, महिला एकल (शीर्ष २० बाहेक), ब्वाइज यू–१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानिय स्तरको हुनेछ ।

करिव १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय हात पार्नेछन् । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ५ हजार हात पार्नेछन् । अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू–१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ हात पार्नेछन् । स्थानिय स्तरको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले समान ४ हजार रुपैया हात पार्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुनेछ ।

सिर्जना र संगिता अन्तिमम १६ मा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bhat Bhateni
रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल