काठमाडौं । पल्सर शहिद स्मारक ए डिभिजन लिगमा आईतबार बिभागीय टिम पुलिसले मछिन्द्र क्लबसंग प्रतिस्पर्धा गर्दैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विहान ११ बजे सुरु हुनेछ ।
मैदान उत्रदै गर्दा पुलिसको लक्ष्य लगातार दोस्रो जित निकाल्नु हुनेछ भने मछिन्द्र पहिलो जितको खोजिमा हुनेछ ।
पहिलो खेलमा नेपाल पुलिसले जावलाखेललाई पराजित गरेको थियो भने मछिन्द्रले च्यासल युथ क्लबसंग गोल रहित बराबरी खेलेको थियो । पुलिसका प्रशिक्षक अनन्त राज थापाले मछिन्द्र क्लबलाई सामान्य नआँक्ने बताएका छन् । उनले राइनो गोल्डकप खेलेर आएकाले टिमको तयारी राम्रो भएको बताए ।
‘भखरै राइनो कप खेलेर आएका छौँ । आफ्नो कमी कमजोरी थाहा भयो । सबै खेल चुनौती पुर्ण हुनेछ ।’ उहाँले बताए ।
मछिन्द्र क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले दशै तिहार पछि मात्रै अभ्यास सुरु गरेकाले सोचे अनुसारको तयारी हुन नपाएको बताएका छन् ।