काठमाडौं । सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर प्रकाश बुढाथोकी करिब ८ हप्ता मैदान बाहिर रहने भएका छन् ।
सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीविरुद्वको खेलमा चोट बोकेका प्रकाश करिब दुई महिना नखेल्ने भएका हुन् ।
भुटानमा व्यवसायीक फुटबल खेलिरहेका प्रकाशलाई मनाङले लिग फुटबलका लागि अनुबन्धन गरेको थियो ।
मनाङको जर्सीमा पहिलो खेलमा मैदान उत्रिएका प्रकाशले सुरुवाती समयमै हातमा चोट बोकेका थिए ।
लगत्तै उनलार्इ अस्पतालमा पुर्यार्इएकाे थियाे । चिकित्सका अनुसार उनले दुर्इ महिनापछि मात्र मैदानमा फर्कन सक्नेछन् ।