काठमाडौं । राजीव महर्जन र मनीता सुनुवारले ओलम्पिक डेका अवसरमा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । शनिबार भएको पुरुष सिंगल्समा राजीव र महिलामा मनीता पहिलो भएका हुन् ।
नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अल कमिसनको तत्वावधानमा गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मुकेश महर्जन दोश्रो तथा प्रवीण शाक्य र निश्चल वज्राचार्य तेश्रो भए ।
महिलामा अंकिता वज्राचार्य दोश्रो तथा श्रेया आचार्य तेश्रो बने ।
भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि राजीव महर्जन पहिलो, मुकेश महर्जन दोश्रो तथा किरणमुनि वज्राचार्य र निकेनमान प्रधान तेश्रो भए ।
भेट्रान सिंगल्सकै पुरुष ५० वर्षमाथि किरण ब्यञ्जनकारले स्वर्ण तथा रोशन शाक्यले रजत जितेको टेबलटेनिस प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।